POTP -कलमको शक्ति- POWER OF THE PEN


गजल
तिम्रो   र मेरो साईनो ,  दुर  भए   पछि
छुट्टिनै    पर्ने  त्यस्तो, मजबुर  भए पछि

अब एक   हुन्छौ  र?,  संका लाग्छ सानू
तिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि

के  राम्रो   होला र खै, भोलिका दिन हरु
सुरुको        कहानी,  नै  झुर   भए पछि

जोडिन्छ   भन्ने   बिश्वास, रत्ती  पनि छैन
सिसा   जस्तै मन, चक्नाचुर  भए   पछि

नजिक    हुन खोजे,  गुमाउन पर्‍यो झनै
तिम्रो     बन्ने    रहर,   आतुर   भए पछि

मदन तामाङ्ग
२०७५/०२/३०
साँझ ०८:३६ बजे पोखरामा