Advertisement

Responsive Advertisement

गुञ्जन रुम्बा "ज्ञानु" - साहित्यीक सामाग्रीहरु

                                                    

गुञ्जन रुम्बा "ज्ञानु"

गजुरी धादिङ

हाल पोखरा



मुक्तक

                  आफ्नालाई छोडेर पराइलाई चुन्नेहरु छन                   
बाहिर ठिक्क पारी भित्र जाल बुन्नेहरु छन
भो नसुसाउ आफ्नो मनको बह कसैलाई

कानले त सुन्छन् नै तर मन थुन्नेहरु छन्


मुक्तक
थाहा त छैन तिमी बिनाको पल म कटाउँ कसरी
मुटुको धड्कन जो बनेका छौ अब हटाउँ कसरी
तिमीले नै त सिकाएका हौ जीवन जिउने कला
तिमी प्रतिको दरिलो आत्मविश्वास घटाउँ कसरी


मुक्तक 

मुटुको प्यारो मान्छे उ साह्रै माया लाग्छ
दुरी छ टाढा तैपनि आफ्नो छाया लाग्छ
मनभित्र उसैले डेरा जमाएर होला पक्कै
कयौं बसन्त फेरिए झन-झन नयाँ लाग्छ

मुक्तक

जसलाई म चाहान्छु उसैलाई नै पाउनुपर्छ भन्दिनँ म
तिर्खाउँदा प्यास मेट्न खोलिनै धाउनुपर्छ भन्दिनँ म
मनै त हो तिम्रा पनि होलान् कयौं चाहाना र रहरहरु
आफ्नै भलाई सोच मैसँग प्रित लाउनुपर्छ भन्दिनँ म

मुक्तक

गोठालो अनि मेलापातमा नै धाउने चाहिन्छ रे
आफ्नै पाखाको सुरिलो धुन गाउने चाहिन्छ रे
हाम्रो जोडी जम्छ कि नाइ सहरमै हुर्किएकि म
उसलाई त रातो चुरा, सिन्दुर लाउने चाहिन्छ रे



गजल
Gunzaan Rumba
February 20 · Pokhara · 

मन दुखाएँ कि नाता अन्तै जोड्यौ र
एकैसाथमा चालेका पाइला मोड्यौ र

तिम्रै हुँ तिम्लाई नपाए मर्छु भन्दथ्यौ
खाएको कसम पनि पलमै तोड्यौ र

जिन्दगीको यात्रा सँगै पार गर्छु भनि
किनारा पुग्नै नपाई एक्लै छोड्यौ र


गजल
तिम्रो समिपमा कहिल्यै पनि म पर्न नपरोस्
पक्कै लाग्नेछ फल कोपिलामै झर्न नपरोस्

खै के देख्यौ र तिमीले ममा कमि कमजोरी
कुदृष्टि तिम्रै नजरको हो आँखा तर्न नपरोस्

भन्थौ ढुकढुकीको प्यारो धड्कन अरे वाह!
मन बलियो भाछ अन्तै बसाई सर्न नपरोस्

लाग्दो हो कमजोर पारी उस्लाई ढलाउनेछु
थाहा छ तिम्रो बानी घृणा पनि गर्न नपरोस्


गजल
गगनचुम्बी ति सपनाहरु साकार पार्न आउ
निसाना लाउँदैछन् बैरिहरु बाटो बार्न आउ

बेसी खेतले पनि तिमीलाई सम्झिरहेको छ
बाँझो हुने भो मलको भारी उतै झार्न आउ

आफ्नोपनको आभास फिक्का हुन थाल्यो
छुट्ला साथ एकै ठाउँमा बस्ति सार्न आउ

एक्लै छु घर व्यवहार चलाउन गाह्रो भाछ
अतालिन्छु आजकल धेरै दुःख टार्न आउ


Post a Comment

0 Comments