Advertisement

Responsive Advertisement

प्रहरी पनि मान्छे नै हुन।



कबिता 
सशस्त्र प्रहरी 

म एउटा निर्दोष प्रहरी हु 
मलाई सशस्त्र भन्छ्न 
मलाई डन्ठे भन्छ्न 
ताकी ताकी ढुङ्गा हान्छन 
भाला रोप्छ्न झिर हान्छ्न 

म एउटा निर्दोष प्रहरी हु 
मलाई बर्डफ्लू लागेको कुखुरा मार्न लगाइन्छ
मलाई निर्दोशि जनता माथी अश्रुग्यास छर्न लगाइन्छ
मलाई सुकुम्बासी का बस्ती भत्काउन लगाइन्छ 
मलाई महिला बालाबलिका पक्रिन पठाइन्छ

म एउटा निर्दोष प्रहरी हु
कहिले डन लाई सलुट गर भनिन्छ 
कहिले तस्कर को चाकरी गर भनिन्छ
कहिले मुर्तिचोर लाई साथ दे भनिन्छ
कहिले राजस्व छलीलाई साथ दे भनिन्छ

म एउटा् निर्दोश प्रहरी हु 
कागती जसरी निचोर्छ जनताले
बादरले जसरी सडक मा चितोर्छ जनताले
आफ्नो विपक्षको रिस मै माथी थुपार्छ जनताले
ढुङ्गामुडा मै माथी बर्साउछ अनि दमन गर्यो भन्छ जनताले

म एउटा निर्दोष प्रहरी 
कहिले चोरको अडर कहिले देशद्रोहिको 
कहिले मान्छु आदेश घुसखोरिहरुको
अन्यायमा परेकालाइ लखेटेर  पारा 
नचाहेर पनि गरिरहेको छु अत्याचार

म एउटा् निर्दोष प्रहरी हु 
पहाडको कुनै बिकट गाउँमा मेरो चुहिने बास छ
  दमले सिकिस्त आमाको झिनो एउटा आसा छ 
फाटेको टोपी लगाउदै बाबाले डोको बुनि बुनि
भन्छन छोरा देश सेवामा लागेस ज्ञानि बनी

म एउटा निर्दोष प्रहरी हु 
न राज्य ले चिनेको न जनताले चिन्दछ
हाकिमले गर्जन गर्द्छ सडकमा बुट बजार्दै हिन्दछ
एउटा लठ्ठीको भरमा सिमा रेखा जोगाउन सक्दिन 
भाचिन्छ लौरो तोडिन्छ बार मारिन्छ निर्दोष प्रहरी किन ???

धन्यवाद
पर्बत

Post a Comment

0 Comments