![]() |
कलक राेकाया (सानु )
ठेगानाः गाैमुल गाउँ पालिका -६
सालिकाेट बाजुरा
सुदुर पश्चिम प्रदेश
kalakrokaya70@ gmail.com
कार्यरत: नेपाल प्रहरी
|
१)
यदि पीडा र दर्द हुदैनथ्यो होला
मुटुको कुनै अर्थ हुदैनथ्यो होला
तिम्रो माया निस्वार्थ भाको भए
त्यहाँ कुनै सर्त हुदैनथ्यो होला ।
२)
झुटो र स्वार्थी कहिलै माया हुदैन
आफैलाई ढाटने आफ्नो छाया हुदैन
भावना र बिश्वाशको संगम हो माया
नछाम प्रिय दिलको दायाँ बायाँ हुदैन।
३)
एउटा पनि भुल नगर्ने कोइ छैन यहाँ
चोट लाग्दा आँसु नझर्ने कोइ छैन यहाँ
किन चिन्ता गर्छौ उधारो जिन्दगिको
कहिले पनि मर्न नपर्ने कोइ छैन यहाँ।
४)
जिन्दगीकाे मेराे कथा भकानिदै रोए
सम्झे उनलाई बड्यो ब्यथा भकानिदै रोए
चाहेको पाएरै होला खुशि छिन रे उनि
गुमाउनेले रुने रहेछ प्रथा भकानिदै रोए।
५)
हरेक बाजि तिमीलाई जिताउन सकु
तिम्रो बारे सधै राम्रो चिताउन सकु।
तिम्रो खुशी यदी म हैन अन्तै छ भने,
तिम्रै नाम जप्दै जिन्दगी बिताउन सकु ।
६)
एकाेहाेराे माया मात्र गर्ने बनायाै,
उकालि अनि अाेराली झर्ने बनायाै।
लाग्थ्याे एक्लै बाच्न सक्छु हाेला म
तर पल-पल तड्पिएर मर्ने बनायाै ।
७)
तिमी हिडेकाे बाटाे धाई दिन्छु नि फेरी
नछुट्टिने बाचा कसम खाई दिन्छु नि फेरी
परेवाकाे जस्ताे जाेडी बन्नेछ तिम्रो मराे
दुनिया भुल्ने माया कलक लाई दिनु नि फेरी।
कलक राेकाया (सानु )
ठेगानाः गाैमुल गाउँ पालिका -६
सालिकाेट बाजुरा
सुदुर पश्चिम प्रदेश
kalakrokaya70@ gmail.com
कार्यरत: नेपाल प्रहरी


0 Comments