म मरेको दिन -
अरु दिन जस्तै हुनेछ- सामान्य
सुर्य पहिले'कै समयमा उदाउनेछ/ अस्ताउनेछ हावा सधैं जस्तै दिशाहिन भएर दौडिनेछ पानी उहीँ आफ्नै नियममा बहनेछ
सधैंको जस्तै-
बादल निलो आकाशको क्यानभासमा अमूर्त चित्र कोर्नेछ, अदम्यका साथ उभिनेछ हिमाल र उसको कोखमा मुस्कुराउने छ हिउँ ,
सधैंको जस्तै-
फुल्नेछ सुन्दर फुल,
कुरुप हातबाट चुडिनको लागि हत्केला फिँजाएर तेर्सिनेछ बाटो, अडाउन कयौं पाइला
सधैंको जस्तै हुनेछ- म मरेको दिन तर,
पक्कै केही ओठमा मुस्कानहरु हराउनेछन् आँसुले रुझाउनेछन् केही परेलिहरु कुरेर बस्नेछन्
-नहिँडिएका बाटोहरु प्रतीक्षारत हुनेछन् -खाएका कसम र बाचाहरु
म मरेको दिन-
उज्यालोले सम्झिनेछ मेरो छायालाई अँध्यारोमा ओतले याद गर्नेछ मलाई आकाशमा उड्न छाड्नेछन् मेरा स्वप्निल सपनाहरू, अनि, अपांग हुनेछन् तन्दुरुस्त रहरहरु
तर, म मरेको दिन
म खाली हात जानेछैन, तिमीलाई लाग्ने बाडुल्की पनि लिएर जानेछु ।
कलक राेकाया सानु
बाजुरा गाैमुल ६ सालिकाेट
अरु दिन जस्तै हुनेछ- सामान्य
सुर्य पहिले'कै समयमा उदाउनेछ/

0 Comments