हिजो तिम्रो अभावमा
यता छाती पिटिपिटी रुदा
कस्को मुस्कानमा दुनियाँ
भुल्दै थ्यौ तिमी ?
कविता
बिना जवाफका प्रश्नहरु
हिजो शिशिरको उजाडताले
वसन्तलाई पर्खिए झैँ
बियोगको मरुभूमिमा छट्पटीदै छट्पटीदै
तिमीलाई पर्खिरहदा
प्रेमको कुन हरियाली बगैंचामा
भुल्दै थियौ तिमी ?
हिजो प्रत्येक दिन खडेरी लाग्दा यो दिलमा
प्रत्येक रात झरी पर्दा यी आँखामा
कुन दुनियाँमा हास्दै थियौ तिमी ?
रुखबाट खसेको पातलाई
हावाको वेगले अनियन्त्रित गराए झैँ
अनियन्त्रित हुँदा यी पाईला तिमी बिना
कस्को हात थमाउदै हिडिरहेथ्यौ तिमी ?
हिजो हामी बिचमा विभेदको पर्खाल
ठड्याईदिदा समाजले
गुमनाम गुमनाम भै
खै कहाँ हराएथ्यौ तिमी ?
हिजो तिम्रो अभावमा
यता छाती पिटिपिटी रुदा
कस्को मुस्कानमा दुनियाँ
भुल्दै थ्यौ तिमी ?
बिना जवाफका यी प्रश्नहरुले नै हुन्
आज तिमी बिना नै
बाँच्न सिकाएको मलाई ।
पुछिदिने तिम्रा हात बिनाका
यी आँसुहरुले नै हुन्
आज तिमी बिना नै
हास्न सिकाएको मलाई ।
सजना वाईबा "सन्ध्या"
गागलटार भदौरे रामेछाप
यता छाती पिटिपिटी रुदा
कस्को मुस्कानमा दुनियाँ
भुल्दै थ्यौ तिमी ?
कविता
बिना जवाफका प्रश्नहरु
हिजो शिशिरको उजाडताले
वसन्तलाई पर्खिए झैँ
बियोगको मरुभूमिमा छट्पटीदै छट्पटीदै
तिमीलाई पर्खिरहदा
प्रेमको कुन हरियाली बगैंचामा
भुल्दै थियौ तिमी ?
हिजो प्रत्येक दिन खडेरी लाग्दा यो दिलमा
प्रत्येक रात झरी पर्दा यी आँखामा
कुन दुनियाँमा हास्दै थियौ तिमी ?
रुखबाट खसेको पातलाई
हावाको वेगले अनियन्त्रित गराए झैँ
अनियन्त्रित हुँदा यी पाईला तिमी बिना
कस्को हात थमाउदै हिडिरहेथ्यौ तिमी ?
हिजो हामी बिचमा विभेदको पर्खाल
ठड्याईदिदा समाजले
गुमनाम गुमनाम भै
खै कहाँ हराएथ्यौ तिमी ?
हिजो तिम्रो अभावमा
यता छाती पिटिपिटी रुदा
कस्को मुस्कानमा दुनियाँ
भुल्दै थ्यौ तिमी ?
बिना जवाफका यी प्रश्नहरुले नै हुन्
आज तिमी बिना नै
बाँच्न सिकाएको मलाई ।
पुछिदिने तिम्रा हात बिनाका
यी आँसुहरुले नै हुन्
आज तिमी बिना नै
हास्न सिकाएको मलाई ।
सजना वाईबा "सन्ध्या"
गागलटार भदौरे रामेछाप


0 Comments