 |
|
गागलटार भदौरे ४
रामेछाप नेपाल
|
| |
|
गोर्खालीले ईतिहास लेखेको देश हाम्रो
बुद्धको सुन्दर पाउ टेकेको देश हाम्रो ।
हाम्रो स्वाभिमान अनि हाम्रो पहिचान यो
सगरमाथा उच्च शिर रहेको देश हाम्रो ।।
अनेकानेक मन्दिर, गुम्बा मस्जिदहरुसङ्गै
असङ्ख्य नदि खोला बगेको देश हाम्रो ।
हिमाल पहाड तराईको प्राकृतिक दृश्यसंगै
ईश्वरले नै सुन्दर सृष्टि रचेको देश हाम्रो ।।
मुक्तक
मनमा अनि तनमा मेरा आमाबुबा
मुटुको हर धड्कनमा मेरा आमाबुबा
हर नशानशा बग्ने रगतका कण अनि
मेरो सिङ्गो जीवनमा मेरा आमाबुबा ।।
आमा-बुबा
तिम्रा मिठा बातहरुमा भूलिरहु म
सधैं तिमी वरिपरि डूलिरहु म।
पराई हातले टिप्नलाई नसकिने गरि
तिम्रो दिलको बगैंचामा फूलिरहु म ।।