Advertisement

Responsive Advertisement

आभाश ज्युको भावनाहरु


नुवाकोट नेपाल

बसन्तमा  फुलेका ती
फूलहरुमा तिमी थियौ !

बेहोसीका बैसालु ती
भूल हरुमा तिमी तिमी थियौ  !!

मन भरी रहर बोकी
भौतारिदै यात्रा गर्दा !!

मैले तर्ने जिन्दगी का
पुलहरूमा तिमी थियौ !

सम्झनामा तैरीएर एक्लो हुदा
 मैले हेर्ने आकाश तारा अनि
जूनहरुमा तिमी थियौ !!

किन मुटु दुख्यो भनी
दुखेको यो चोट हेर्दा !

रोपीएका कांडा अनि
शूल हरुमा तिमी थियौ !!

हाम्रो साथ जब छुट्यो
बजारमा मैले देखे !

बेच्नलाई फिजाएका तुल
हरुमा तिमी थियौ !!!


                    -
आभाश खनाल.