POTP- कलमको शक्ति- Power of the pen
गजल
मेरो ज्यानको महत्त्व, ढले पछि थाहा पाउछौ
दनदनी आगो सगै, जले पछि थाहा पाउछौ
मेरो चोखो प्रीतिलाई, कहिले पनि बुझिनौ है
मुटु माझ छुरा भाला, चले पछि थाहा पाउछौ
सहयात्रा सगै गर्न, हात दिदा लत्याई गयौ
एक्लै हुदा हातपाउ, गले पछि थाहा पाउछौ
मेरो प्रीतको फुललाई, पाईतालाले कुल्च्यौ
टिप्नै गाह्रो तारेभिराँ, फले पछि थाहा पाउछौ
नजिक हुदा सधै छि छि~~, दूर दूर~ गरे पनि
मेरो प्यार चित्ता माथी, बले पछि थाहा पाउछौ
©मदन तामाङ्ग
२०७४/१०/०४ गते बिहिवार काठमाडौ

0 Comments